September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अफगानिस्तानमा अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने

काबुल, अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने छ ।

हाल अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसकेका छन् ।

अमेरिकी सेना फिर्ता हुने भएसँगै तालिवानीसम्वद्ध विद्रोही लडाकूका गतिविधिहरु बढ्दै गएका छन् । राजधानी काबुललगायतकका स्थानमा तालिवानी लडाकू अफगान सरकारको मुख्य चुनौती रहेको छ ।
१९९० को दशकदेखि नै तालिवानी लडाकूले सो क्षेत्र नियन्त्रणको प्रयास गरेको बताइएको छ ।

तर अब अमेरिकी सेना फिर्ताको अन्तिम तयारीमा रहेसँगै तालिवानी लडाकूका गतिविधि हिंसात्मक हुनसक्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको जनाएको छ । बीबीसी

शीर्ष समाचार

धेरै पढिएको