
उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि भन्दै संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसको पहिलो संक्रमण देखा परेपछि संकटकाल घोषणा गरिएको जनाईएको हाे।सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको समाचारमा उल्लेख छ ।
सर्वोच्च नेता किम जोङ उनले संकटकालको घोषणा गर्दै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएको हो । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएको छ ।उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।





