August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या मात्रै ४ लाख नाघ्यो

भारतमा गएको चौबीस घण्टामा ४६ हजार ६१७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् ।गएको चौबीस घण्टामा प्रति एक सय जनामा २.४८ जना सङ्क्रमित पुष्टि भएका छन् ।गएको चौबीस घण्टामा १८ लाख ८० हजार २६ नमूना परीक्षण गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार लगातार पाँचौं दिन पचास हजारभन्दा कम सङ्क्रमित पुष्टि भएको हो । निको हुने दर ९७.०१ प्रतिशत पुगेको छ । भारतमा हाल सक्रिय सङ्क्रमित पाँच लाख नौ हजार ६३७ जना छन् । नयाँ पुष्टि भएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड चार लाख ५८ हजार २५१ पुगेको छ ।

गएको चौबीस घण्टामा ८५३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या चार लाख तीन सय १२ पुगेको छ । गएको चौबीस घण्टामा ५९ हजार ३८४ जना सङ्क्रमित निको भएका छन् ।हालसम्म दुई करोड ९५ लाख ४८ हजार ३०२ जना निको भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको