September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

जोन्सन एण्ड जोन्सनको खोप कोरोनाको डेल्टा स्वरुप सामना गर्न सक्षम

काठमाडौं, असार १८ _ अमेरिकी औषधी निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले विकास गरेको कोभिड १९ विरुद्धको खोपको एक मात्रै डोज कोभिडको डेल्टा स्वरुपको सामना गर्न सक्षम भएको दाबी गरिएको छ । उक्त कम्पनीले विश्वभरि तीव्र वेगमा फैलिएको कोरोनाको डेल्टा स्वरुप विरुद्ध समेत जोनसन एण्ड जोनसनको एक डोज खोप प्रभावकारी देखिएको जनाएको छ ।

समाचार संस्था एएनआईका अनुसार कम्पनीले जोन्सन एण्ड जोन्सनको खोपले कम्तिमा आठ महिनासम्म शरीरमा प्रतिरोधी क्षमता सक्रिय राख्ने जनाएको छ । छोटो सङ्ख्यामा स्वयंसेवीलाई राखेर गरिएको अध्ययनमा खोप लगाएका ब्यक्तिमा बिटा स्वरुपको अपेक्षा डेल्टामा प्रभावकारी देखिएको छ

यसअघि जोन्सन एण्ड जोन्सनको खोपको प्रभावकारिता सम्बन्धमा बुझाइएको प्रतिवेदनमा कोरोन विरुद्ध ८५ प्रतिशतसम्म प्रभावकारी पाइएको दाबी गरिएको थियो । खोपको प्रभावकारिताको अध्ययन ब्राजिल र अफ्रिकी महादेशमा समेत गरिएको छ । सबैतिर उत्तिकै काम गरेको अध्ययनमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको