October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

संक्रमण बढेपछि अष्ट्रेलियाका सात शहरमा लकडाउन

काठमाडौं, असार १६ गते । सङ्क्रमण फैलिने क्रम नरोकिएपछि अष्ट्रेलियाको सात शहरमा लकडाउन लागू गरिएको छ । अष्ट्रेलियामा कोभिड १९ को डेल्टा स्वरुप फैलिएपछि सतर्कताका उपायहरु अवलम्बन गरिने प्रयास स्वरुप लकडाउन गरिएको अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार बुधबार दुई सय नयाँ सङ्क्रमित थपिएका छन् । लकडाउन थपिएपछि अष्ट्रेलियाको कुल जनसङ्ख्याको करिब आधा (एक करोड २० लाख )सर्वसाधारण घरभित्र रहने भएका छन् । सिड्नीबाट सुरु भएको लकडाउन हाल ब्रिसबैन, पर्थ, डार्विन, टाउन्सभिल्ले र गोल्ड कोष्टमा लागू गरिएको छ ।
अधिकारीहरुले कोभिड १९ को नयाँ स्वरुप जोखिममा रहेका आदिबासी अष्ट्रेलियालीमा फैल्न सक्ने बताएका छन् । अष्ट्रेलियामा हालसम्म पाँच प्रतिशत जनसङ्ख्यामा मात्रै कोभिड १९ विरुद्धको खोप लगाइएकोले प्रभावकारी खोप अभियान सञ्चालनमा समेत जोड दिइएको छ ।
न्यू साउथ वेल्समा बुधबार २२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हालसम्म न्यू साउथ वेल्समा १७० जनामा सङ्क्रमणको पुष्टि भएको छ । राजधानी सिड्नीसहित वरिपरिका क्षेत्रमा जुलाइ ९ सम्म लकडाउन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको