October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अदालतको अवहेलना मुद्दामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकुवलाई १५ महिना कैद

अदालतको अवहेलना मुद्दामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकुव जुमालाई १५ महिना कैद तोकिएको छ ।फैसला गर्दा अदालतमा अनुपस्थित पूर्व राष्ट्रपति जुमालाई पाँच दिनभित्र नजिकको प्रहरी चौकीमा आत्मसमर्पण गर्न अदालतले आदेश दिएको छ ।

दक्षिण अफ्रिकी इतिहासमा पूर्व राष्ट्रपतिलाई कैद गरिएको यो पहिलो घटना हो ।

सर्वोच्च अदालतले गठन गरेको भ्रष्टाचार छानबिन आयोगलाई असहयोग गरेर न्याय निरुपण प्रक्रियामा असहयोग गरेको ठहर गर्दै जुमालाई कैद सजाय गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको