April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

जर्ज फ्लोयडको हत्यामा संलग्न गोरा पूर्वप्रहरी अधिकृतलाई २२ वर्ष जेल सजाय

न्यूयोर्क- अमेरिकाको मिनापोलिस राज्यमा सन् २०२० को मे महिनामा प्रहरी हिरासतमा मारिएका अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न गोरा पूर्वप्रहरी अधिकृतलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।

फैसला सुनाउने क्रममा न्यायाधिशले पूर्वप्रहरी अधिकृत दिरेक चाउभिनलाई पदको दुरुपयोग गरी प्रहरी माथिको विश्वास गुम्ने गरी क्रुरता देखाएको बताएका छन् ।

पूर्वप्रहरी अधिकृत चाउभेनले ४८ वर्षीय फ्लोयडलाई घाँटी ङ्याकेर ९ मिनेटमा हत्या गरेका थिए । यो घटनापछि रंगभेद विरुद्ध विश्वव्यापी आन्दोलन चर्किएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको