October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

कोलम्बियाका राष्ट्रपति इभान ड्युक सवार हेलिकप्टरमा बन्दुकधारीको आक्रमण

कोलम्बियाका राष्ट्रपति इभान ड्युक सवार हेलिकप्टरमा शनिबार बन्दुकधारीले आक्रमण गरेका छन् ।बन्दुकधारीले प्रहार गरेको गोलीले हेलिकप्टरमा क्षति पुर्‍याएको भए पनि राष्ट्रपति इभान लगायत सो हेलिकप्टरमा सवार अन्य व्यक्ति सकुशल छन् । राष्ट्रपति इभान रक्षामन्त्री, आन्तरिक मन्त्री र गभर्नरका साथ नोर्टी डी सन्तन्दर प्रान्तको क्योक्योता जाने क्रममा बन्दुक आक्रमण गरिएको हो ।

राष्ट्रपति ड्युकले आक्रमणको कडा शब्दमा निन्दा गर्नुका साथै आफू यस्ता हिंसा र आतंकवादी क्रियाकलापबाट नडराएको प्रतिक्रिया दिएका छन् । सुरक्षाकर्मीहरु घटना संलग्नहरुको खोजी गरिरहेका छन् ।

हेलिकप्टर अवतरण गर्नै लाग्दा कुनै चीज आएर इन्जिनमा ठोक्किएको जस्तो ठूलो आवाज आएको बताइएको छ । घटनाको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।घटना भएको क्षेत्रमा बामपन्थी राष्ट्रिय स्वतन्त्र सेनाको सक्रियता रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको