October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

फिलिपिन्सका पूर्व राष्ट्रपति एक्विनोको निधन

FILE – In this June 30, 2010, file photo, then newly inaugurated Philippine President Benigno Aquino III, center, swears in local officials during his first day at the Malacanang presidential palace in Manila, Philippines. Aquino, the son of pro-democracy icons who helped topple dictator Ferdinand Marcos and had troublesome ties with China, died Thursday, June 24, 2021, a cousin and public officials said. (AP Photo/Aaron Favila, File)

१० असार : फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो एक्विनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी परेका एक्विनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए ।

उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए । फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति एक्विनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने एक्विनोको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो । फिलिपिन्सका अर्थशास्त्री समेत रहेका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनु अघि चिनीको व्यापार गर्नु हुन्थ्यो । सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उनी तीन पटक प्रतिनिधिसभाको सदस्य चिनिएका थिए ।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “निनोय” अक्वीनो र पूर्व राष्ट्रपति कोराजोन एक्विनोका एक मात्र छोरा थिए । फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्ने उनका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको