October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

इटालीका प्रधानमन्त्री मारियाेले दास्राे डाेजमा फाइजरकाे खाेप लिए

काठमाडौं, असार ९ गते । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोजमा फाइजरको खोप लिएका छन् । उनले पहिलो डोजमा आष्ट्राजेनेकाले विकसित गरेको खोप लगाएका थिए ।

इटालीको कोरेरा डेला सेरा पत्रिकाका अनुसार ड्रागीले मङ्गलबार उक्त खोप लिएका हुन् । जर्मन चान्सलर एञ्जेला मर्केलले समेत भिन्न खोप लिएका छन् । उनले दोस्रो डोजमा मोर्डनाको खोप रोज्नुभएको छ ।

दुबैजनाले पहिलो डोज स्वीडेन र बेलायतका कम्पनीले उत्पादन गरेको आष्ट्राजेनेकाको खोप लिएका थिए । गत साता इटालीका प्रधानमन्त्री ड्रागीले दुबै खोप लिन सक्ने तर्कको समर्थन गरेका थिए ।

पहिलो खोप लिँदा उहाँमा कम मात्रामा एन्टीबडी बिकसित भएको थियो । त्यसैले उहाँले दोस्रो डोजको रुपमा फाइजरको खोप रोज्नुभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको