October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचारका वेबसाइट बन्द गर्याे

काठमाडौं, असार ९,अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइटहरु,बन्द गरेको छ उक्त वेबसाइटले दुष्प्रचार गरेको अमेरिकाकाे आरोप छ । इरानबाट सञ्चालित वेबसाइटहरुले मङ्गलबार आफ्नो गृहपृष्ठमा अमेरिकाले नियन्त्रणमा लिएको सूचना राखेको छ ।

अमेरिकाको अनुसन्धान ब्युरो र वित्त विभागले नियन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ । परमाणु सन्धि सम्बन्धमा सहमति नहुँदा दुई राष्ट्रबीचको तनाव हाल बढ्दो अवस्थामा छ ।

अमेरिकाले दर्जनौं इरानी समाचार वेबसाइट बन्द गर्यो

अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी, इरानको कट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथि अमेरिकाले पकड बनाएको छ । मङ्गलबार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, “अलआलमटिभी डट नेटको डोमैन अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ ।”

शीर्ष समाचार

धेरै पढिएको