April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

इरानमा कट्टरपन्थी नेता इब्राहिम राष्ट्रपतिमा निर्वाचित

दुबई, इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मतका साथ विजय प्राप्त गरेका थिए ।

सन् १९८८ मा हजारौं राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले विभिन्न प्रतिबन्धहरु लगाइरहेको छ । साथै उनीमाथि सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिनेगरी फैसलाहरु गरेको आरोप छ ।

यस पटकको राष्ट्रपति निर्वाचनमा सुधारवादी पक्षधरहरुको उम्मेदवारी नै रद्द गरिएका कारण पनि राइसीले चुनाव सहजै जित्ने अनुमान गरिएको थियो । यसपटक चार जना मात्र चुनावी मैदानमा थिए ।

इरानमा कूल पाँच करोड ९० लाख मतदाता मध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए । मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ ।

इरानी राज्य नियन्त्रित टेलिभिजनले कम मतदाता सहभागी हुनुमा कोरोनाभाइरस महामारी र अमेरिकी प्रतिबन्धहरु मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको