April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

भारतमा थप ६० हजारमा कोरोना संक्रमण, एक हजार ५७६ जनाको मृत्यु

नयाँदिल्ली, भारतमा दैनिक थपिने कोरोना सङ्क्रमितहरुको सङ्ख्या लगातार कमी हुँदै आएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् ।

उक्त सङ्ख्या ८१ दिन पछिकै सबैभन्दा कम भएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ८७ हजार ९१७ रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको