
काठमाडौं, साउदी जानुअघि कोरोना खोप लगाएको वा नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ ।
साउदीको सरकारी निकायका अनुसार विदेशी नागरिक सबैले खोप लगाए नलगाएकोबारे त्यहाँ प्रस्थान गर्नु पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने भएको हो ।
प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।
अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएकाहरू र उनीहरूसँग जाने सहयात्रीले पनि दर्ता गर्न पर्नेछ ।एजेन्सी






