
जाकार्ता, इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा देशको पूर्वी क्षेत्र मालुकु प्रान्तमा केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पको क्षतिबारे हाल कुनै विवरण प्राप्त नभएको बताइएको छ ।
यस्तै भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।एजेन्सी






