April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

युद्धबिरामपछि इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

इजरायल, बुधबार बिहानै इजरायली बायुसेनाले प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गाजापट्टीमा सक्रिय हमास समूहसँग गत महिना युद्धबिराम गरेपछि यो पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकूहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ ।

इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भएको छैन भने मङ्गलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनी विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा निम्त्याएको छ ।

प्रतिक्रिया स्वरुप, गाजास्थित प्यालेस्टिनीहरुले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरु गाजाबाट उडाएका थिए । यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाई छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको