
मध्य भियतनामको घेएन प्रान्तमा मंगलबार घरमा लागेको आगोले छ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको हो ।
आगोे तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्ने क्रममा छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले जनाएको छ ।
आगलागीबाट निजी स्वामित्वको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ ।

यसैगरी आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।एजेन्सी






