April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

चीनमा ग्यास विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

हुवे, चीनको हुवे प्रान्तको शियान नगरमा ग्यास विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा आज बिहान ६.३० बजे उक्त बिस्फोट भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 

बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । यसैगरी खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको