April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बेलायतले दश करोड खोप बितरण गर्ने

काठमाडौं, जेठ २८ गते । बेलायतले आगामी वर्ष कम्तिमा दश करोड कोरोना भाइरस बिरुद्धको खोप बितरण गर्ने जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोर्नवालमा जी सात राष्ट्रका नेताहरु भेला भएको अबसरमा उक्त घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने बेलायतले आगामी साताबाट नै कोभिड बिरुद्धको खोप बितरणको सुरुवात गर्ने जनाएको छ । प्रधानमन्त्री जोन्सनले भने, “बेलायतमा खोप कार्यक्रम सफलतापूर्बक सम्पन्न भएकोमा हामी अब अतिरिक्त भएको खोप आवश्यकतामा रहेकालाई बितरण गर्ने अवस्थामा पुगेका छौं ।” जी सात बैठकको क्रममा आफ्ना समकक्षी नेताहरुले समेत यसप्रकारको सहयोगको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले आगामी वर्षभित्र विश्व नै कोभिड बिरुद्धको खोप पाइसक्ने विश्वास गरेको बताए । सात वटा औद्योगिक राष्ट्रहरुको समूहले सन् २०२२ भित्र महामारी अन्त्यका लागि एक अर्ब कोरोना बिरुद्धको खोप योगदान गर्ने सहमतिमा पुग्ने बताइएको छ । केब्रिस बेमा शुक्रबार सात समृद्ध राष्ट्रका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सातै राष्ट्रका नेताहरुमाथि विश्वलाई कोरोनाबाट बचाउन खोप बितरण गर्ने कार्यक्रमलाई प्रभाबकारी बनाउन खोप बितरण गर्न दबाब छ ।

शीर्ष समाचार

धेरै पढिएको