November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

भारतमा थप एक लाख ६३६ सङ्क्रमित थपिए, दुई हजार बढीको मृत्यु

नयाँदिल्ली, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा एक लाख ७४ हजारभन्दा बढी सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ८९ लाख नौ हजार ९७५ पुगेको छ भने हालसम्म दुई करोड ७१ लख ५९ हजार १८० जना कोरोनामुक्त भएका छन् ।

यस्तै भारतमा हाल सक्रिय संक्रमितको संख्या १४ लाख एक हजार ६०९ रहेको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ४२७ सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४९ हजार १८६ सङ्क्रमितले ज्यान गुमाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको