June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नाइजेरिया हतियारधारी समुहको आक्रमणमा परि ८८ जनाको

नाइजर, नाइजेरियाको उत्तर पश्चिम क्षेत्रस्थित केब्बी राज्यमा सशस्त्र समूहको आक्रमणमा परि ८८ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार त्यहाँ स्थानीय समुदायका उच्छृङ्खल समूहहरुबीच भीडन्तको क्रममा उनीहरु मारिएका हुन् । उक्त क्षेत्रमा गत अप्रिलमा पनि बन्दुकधारीहरुको आक्रमणको क्रममा ९ जना प्रहरी र २ जना स्थानीय नागरिक मारिएका थिए ।

यस घटनापछि स्थानीयहरु त्रसित नेका छन् । घटनाबारे बुझ्न र अवस्थालाई नियन्त्रणमा लिन सरकारले थप सुरक्षाकर्मी घटनास्थलतर्फ पठाएको छ ।

आइतबारको घटनाको सुरुमा ६६ जनाको मृत्यु भएको बताइएको थियो । तर प्रहरीले घटनास्थलमा पुगेर विवरण लिँदा ८८ जनाको मृत्यु भएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको