June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा १३२ सर्वसाधारणको मृत्यु

बुर्किना, बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा परी कम्तिमा १ सय ३२ जना सर्वसाधारणको मृत्यु भएको छ । सरकारी अधिकारहरुका अनुसार शुक्रवार उत्तरी क्षेत्रको एक गाउँमा भएको आक्रमणमा करिब १ सय ३२ जना मारिएका हुन् ।

सोल्हान गाउँमा छापा मारिएको र स्थानीयका कैयन् घर तथा बजारमा आगजनी गरिएको सरकारी भनाइलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर पछिल्ला दिनहरूमा त्यहाँ विशेषगरी सिमा क्षेत्रमा इस्लामिक समूहबाट हमला हुँदै आइरहेको छ ।

खासगरी निजेर र मालीसँग जोडिएका सिमा क्षेत्रमा यस प्रकारका आक्रमणका घटना दोरोहिने गरेका छन् । उक्त क्षेत्रमा सशस्त्र समूहहरूले छापा मार्ने, हत्या गर्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको