November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

जापानमा २.८ प्रतिशतले घट्यो जन्मदर

टोकियो, जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोना महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । जसले गर्दा मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ ।

उक्त सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो । गत बर्षको जन्मदर जन्मदर्ता सुरु गरेको बर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो बर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको