June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भारतमा कोरोना संक्रमणबाट थप तीन हजार ३८० जनाको मृत्यु

नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप तीन हजार ३८० सङ्क्रमितको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन लाख ४४ हजार ८२ पुगेको हो ।

सोही एक लाख २० हजार ५२९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमित शुक्रवारको तुलनामा ११ हजार ८३५ ले कम हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् भने सक्रिय सङ्क्रमितको संख्या १५ लाख ५५ हजार २४८ छन् ।

गत २४ घण्टामा एक लाख ९७ हजार ८९४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६७ लाख ९५ हजार ५४९ जना सङ्क्रमित निको भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको