November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द

वासिङ्टन, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द गरिएको छ ।फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको हो ।

बीबीसीका अनुसार अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले अब सन् २०२३ को जनवरीमा मात्र आफ्नो अकाउन्ट पुनः सञ्चालन गर्न पाउनेछन् ।

यसअघि गएको जनवरी महिनामा पनि उनको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाइएको थियो ।

फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गएको गत जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हिंसात्मक झडपलाई बढवा दिएको जनाएको छ ।

त्यसबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरले तत्कालै ट्रम्पको अकाउन्ट बन्द गरेका थिए ।

यस्तै फेसबुकले अब नेताहरुको पोस्टलाई कुनै पनि सुरक्षा नदिइने बताएको छ । फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध गएको जनवरीदेखि नै लागू हुनेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको