June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

फ्रान्स–चीन ढुवानी रेल सेवा शुरू

file photo

बेइजिङ, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी) का लागि नयाँ रेल सेवा शुरु भएको छ । बुधवार सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ ।

पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको