June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भारतमा थप १ लाख ३२ हजार बढीमा कोरोना संक्रमण

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा १ लाख ३२ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ७ हजार ७१ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट थप २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा निको हुनेको कुल संख्या २ करोड ६५ लाख भन्दा बढी रहेको छ । २ करोड ८५ लाख भन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार भारतमा अहिलेसम्म ३ लाख ४० हजार ७०२ जनाले ज्यान गुमाइसकेका छन् । हाल भारतमा संक्रिय संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ जना छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको