June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड २९ लाख नाघ्यो

वासिङ्टन, विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड २९ लाख १४ हजार ७०३ पुगेको छ । संक्रमित मध्ये १५ करोड ५८ लाख ५५ हजार ९८९ जना संक्रमण मुक्त भइसकेका छन् ।

संक्रमणबाट विश्वभर हालसम्म ३७ लाख १७ हजार ४३० जनाको निधन भएको छ । संक्रिय संक्रमितको संख्या १ करोड ३३ लाख ४१ हजार २८४ रहेको छ ।

यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ७५२ पुगेको छ । संक्रमित मध्ये २ करोड ८० लाख २५ हजार ५७५ जना संक्रमणमुक्त भइसेकेका छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ६ लाख ११ हजार ६ सय ११ रहेको छ । पछिल्लो समय अमेरिकामा ५ हजार ८०७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको