June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

अफगानिस्तानमा सुरक्षाकर्मीसँगको भिड्न्तमा एक सय भन्दा बढी तालिबानीको मृत्यु

काबुल, अफगानिस्तानमा सुरक्षाकर्मीसँगको भिडन्तमा कम्तीमा एक सय बढी तालिबानीको मृत्यु भएको छ । खामा प्रेसका अनुसार अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कम्तिमा ५० तालिबानी लडाकु भिडन्तमा घाइते भएको हो ।

अफगानिस्तानको कम्तीमा सात क्षेत्रमा पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले चलाएको अपरेशनमा यति धेरै सङ्ख्या तालिबानीको मृत्यु भएको उल्लेख गरेको छ ।

लघमान, कुनार, नानगारहर, गजनी, पक्तिया, मैदान वार्दाक, ख्वस्त, जाबुल, हेरात, फरयाब, हेलमन्द र बघलान प्रान्तमा सुरक्षाकर्मीले खोज अपरेशन चलाएको थियो ।

खोज अपरेशनको क्रममा सुरक्षाकर्मीले विभिन्न ३५ स्थानमा गाडिएको एम्बुसलाई समेत निष्क्रिय बनाएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको