
बेइजीङ, विश्वमै पहिलोपटक चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त व्यक्ति कसरी संक्रमित भए भन्ने विषयमा अझैसम्म कुनै जानकारी दिएको छैन । तर यो स्ट्रेन मानिसबीच सजिलै फैलने नसक्ने बताइएको छ ।
जियाङ्सु प्रान्तमा बस्ने यी व्यक्तिमा अघिल्लो हप्ता संक्रमणको पहिचान भएको थियो भने हाल उनी उपचारपछि निको हुने क्रममा छन् र उनलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगले जेनजियांग शहरमा बस्ने यी व्यक्ति गत अप्रिल २८ तारिखमा अस्पताल भर्ना भएका थिए र एक महिनापछि उनी H10N3 द्वारा संक्रमित भएको पत्ता लागेको हो ।एजेन्सी






