October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी

लन्डन, बेलायतमा कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिइएको छ ।

बेलायत सरकारको सल्लाहकार समेत रहेका एक वैज्ञानिकले बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै उक्त चेतावनी दिएका हुन् ।

क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताका अनुसार तेस्रो लहर ल्याउन सक्ने प्रकारका ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको हो ।

उनले बेलायतको वर्तमान अवस्थाका बारेमा बताउँदौ भने, “हुनत हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ । यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको छ ।”

बिबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए, “कि हुनत अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् ।”एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको