October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

टर्किस् एयरलाइन्सले बिहीबारबाट नेपालमा उडान शुरु गर्ने

काठमाडौं, विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण बन्द रहेका केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एयरलाइन्सले पनि बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ ।

नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक राजन पोख्रेलका अनुसार टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले बिहीबारदेखि सातामा एउटा उडान गर्ने अनुमति दिइएको हो । कतार एआरलाइन्सले भने आधिकारिक जानकारी नदिए पनि यसै सातादेखि उडान शुरु गर्ने बुझिएको पोख्रेलले जानकारी दिए ।

यता चीन र नेपाल एअरलाइन्सले भने उडान बारे जानकारी नदिएको उनको भनाइ छ । नेपाल एअरलाइन्सले कतार र चीनमा सातामा एक/एक वटा उडान गर्ने छन् भने टर्की, कतार र चीनमा भने सातामा एउटा मात्र उडान गर्ने गरी अनुमति दिने तयारी गरेको प्राधिकरणको तयारी छ ।

शीर्ष समाचार

धेरै पढिएको