October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्ताव

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको लागि ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गरेका छन् ।


उक्त बजेट अमेरिकी नागरिकमा सिधै लगानी गरेर देशको अर्थतन्त्रलाई सुदृढ पार्ने र दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने किसिमको रहेको राष्ट्रपति बाइडेनले दाबी गरेका छन‍् ।

बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ भने सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिर्नुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

यो वर्षको अनुमानित घाटा तीन दशमलव सात ट्रिलियन डलर पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा एक दशमलव आठ ट्रिलियनमा झर्ने उल्लेख छ ।

महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ ।

बजेटमा आठ सय अर्ब डलरभन्दा धेरै रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ उर्जामा लगानी गर्नका लागि छुट्याइएको छ भने दुई सय अर्ब पूर्व–प्राथमिक विद्यालयमा जाने तीन/चार वर्ष उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न छुट्याइएको छ ।

यस्तै बजेट कार्यान्वयनका लागि अमेरिकी संसद कांग्रेसबाट पारित हुनुपर्छ ।एजेन्सी



शीर्ष समाचार

धेरै पढिएको