October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

भारतमा थप एक लाख ७३ हजारमा सङ्क्रमण पुष्टि, तीन हजार ६१७ जनाको मृत्यु

नयाँदिल्ली, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार ९२१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । शुक्रबार एक लाख ८६ हजार १६३ जना सङ्क्रमित थपिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार थपिएका सङ्क्रमितसँगै कोरोना कुल सङ्क्रमित दुई करोड ७७ लाख २९ हजार २४७ पुगेको छ ।

गत २४ घण्टामा तीन हजार ६१७ सङ्क्रमितको मृत्यु भएको हो । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख २२ हजार ५१२ जनाले ज्यान गुमाएका छन् । हाल भारतमा २२ लाख २८ हजार ७२४ जना सक्रिय सङ्क्रमित छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको