October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

सिरियाको राष्ट्रपतिमा चौथो पटक पुनः असद निर्वाचित

दमासकस, सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका हुन् ।

दुई दिन अघि भएको मतदानबाट उनि नै पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ । उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत प्राप्त गरेका छन् ।

उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ । यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन् ।

उनको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत ल्याएका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको