October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

भारतमा थप ८६ हजार बढीमा कोरोना संक्रमण, तीन हजार ६६० जनाको मृत्यु

नयाँदिल्ली, भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ८६ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार शुक्रबार थपिएका सङ्क्रमित गत् अप्रिल १४ यताकै सबैभन्दा कम हो । यस साता दोस्रो पटक भारतमा चौबीस घण्टामा दुई लाखभन्दा कम सङ्क्रमित पुष्टि भएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणबाट हुने मृत्युको संख्या भने अझै स्थिर रहेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ६६० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म तीन लाख १८ हजार ८९५ जना सङ्क्रमितको मृत्यु भएको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको