October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अफगान सेनाको हवाई कारबाहीमा परि २३ तालिबानीको मृत्यु, ११ जना घाइते

काबुल, अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् ।

कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् ।सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईका अनुसार हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको हो ।

बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको