October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अमेरिकामा सरकारी कर्मचारीले बैठकमै अन्धाधुन्द गोली चलाउँदा ९ जनाको मृत्यु

न्युयोर्क, अमेरिकामा एक सरकारी कर्मचारीले बैठक चलिरहेकै ठाउँमा अन्धाधुन्द गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बुधबार बिहान भएको उक्त घटनामा गोली प्रहार गर्ने कर्मचारीको पनि ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बैठकमा सहभागी कर्मचारीलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

क्यालिफोर्नियाको स्यान होजेस्थित रेल यार्डमा कार्यरत ५७ वर्षीय स्यामुएल कसिडीले रेल कर्मचारीको बैठक बसिरहेको बेला अन्धाधुन्ध गोली चलाएका हुन् ।

यस्तै सो घटनाअघि ती कर्मचारीले आफ्नो घरमासमेत आगो लगाएका पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको