October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

क्षमता दोब्बर बनाई ९० दिनभित्र कोरोना उत्पत्तिबारे अध्ययन गरिसक्न आदेश

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पतिबारे तीव्र अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंक बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिएका हुन् ।

उनले आफ्नो अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए ।

वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको