October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

यास चक्रवातका कारण भारतमा पाँचको मृत्यु, हजारौँ मानिस घरबारविहीन

नयाँदिल्ली, यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र हजारौँ मानिस घरबारविहीन भएका हुन् ।

बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको र घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।

पश्चिम बङ्गालमा मात्रै तीन लाख घरहरु भत्किएका मुख्यमन्त्री ममता बेनर्जीले बताएको बीबीसीले जनाएको छ । हाल चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको भारतीय मौसम विभागले जनाएको छ ।

यस्तै भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडू राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने भारतको मौसम विभागले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको