October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो

ब्रासिलिया, ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ ।

यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको