March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

भारतमा लगातार १३ औं दिन थपिने सङ्क्रमितको संख्यामा कमी, झन्डै ३ लाख डिस्चार्ज

नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख आठ हजार ९२१ जना सङ्क्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा लगातार १३ औं दिन दैनिक थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २४ लाख ९५ हजार ५९१ रहेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म दुई करोड ७१ लख ५७ हजार ७९५ जना सङ्क्रमित भएका छन् ।

गत २४ घण्टामा दुई लाख ९५ हजार ९५५ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ८९ प्रतिशत पुगेको छ । हालसम्म दुई करोड ४३ लाख ५० हजार ८१६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा २२ लाख १७ हजार ३२० नमूना परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार १५७ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको