
बैंकक, म्यान्मारकी नेतृ आङ सान सुकी पहिलो पटक अदालतमा उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सुकीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।
उनका एक वकील मिन मिन सो लेका अनुसार अनुसार सुकीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको छ ।
कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सुकीका झैं आरोपहरु लगाइएका छन् ।
सुकी विरुद्ध धेरै फौजदारी अभियोग लगाइएको छ भने यसअघि सुकीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाई गरिएको थियो ।एजेन्सी






