
काठमाडौं, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा ४ हजार ४५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै, ३ लाख २ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।
भारतको सरकारी अधिकारीका अनुसार कोरोना संक्रमितको संख्या २ करोड ३७ लाख २८ हजार ११ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७१० रहेको छ ।
देशभर संक्रिय संक्रमितको संख्या २७ लाख २० हजार ७१६ रहेको छ । यसैगरी भारतमा हालसम्म १९ करोड ६० लाख ५१ ह्जार ९६२ जनाले कोरोना खोप लगाएका छन् ।
यस्तै विश्वव्यापी महामारी कोभिड-१९ बाट सबैभन्दा कोरोना प्रभावित देश अमेरिका हो । अमेरिकामा हालसम्म ५ लाख ८९ हजार ७ सय ३ जनाको मृत्यु भएको छ ।
दोस्रो प्रभावित देश हो ब्राजिल । ब्राजिलमा हालसम्म ४ लाख ४८ हजार २०८ जनाको निधन भइसकेको छ । हालसम्म भारतमा ३ लाख भन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।एजेन्सी






