
नयाँदिल्ली, भारतमा गत २४ घण्टामा थप साढे दुई लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार भारतीय सरकारी अधिकारीहरुका अनुसार दुई लाख ५७ हजार २९९ जना संक्रमित भेटिएका हुन् ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या दुई करोड ६२ लाख ८९ हजार २९० पुगेको छ । सोही अवधिमा भारतमा थप चार हजार १९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएसँगै
संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।
हाल भारतमा २९ लाख २३ हजार ४०० जना पनि संक्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । एजेन्सी






