
नयाँदिल्ली, भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।
सोही अवधिमा भारतमा २ लाख ६७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यहाँ लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् ।
योसँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजारभन्दा धेरैले घटेको छ ।एजेन्सी






