
ब्रासिलिया, ब्राजिलमा कोरोना संक्रमणबाट बुधबार एकैदिन थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ३९ हजार ५० जना पुगेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको हो ।
विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । एजेन्सी






