
नयाँदिल्ली, विश्वव्यापी महामारी कोभिड–१९ का कारण भारतमा एकैदिन ५० जना डाक्टरको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार एकैदिन ५० जना डाक्टरको ज्यान गएको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएयता भारतमा हालसम्म २४४ डाक्टरले ज्यान गुमाइसकेका छन् । जसमध्ये बिहारमा ६९, उत्तर प्रदेशमा ३४ र दिल्लीमा २७ जनाले ज्यान गुमाएका हुन् । यसअघि कोरोनाको पहिलो लहर चलेका बेला भारतमा ७३६ डाक्टरले ज्यान गुमाएका थिए ।
मृतकमध्ये ३ प्रतिशत डाक्टरले पूर्ण मात्रामा कोरोनाविरुद्धको खोप लगाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । यस्तै भारतमा चलेको खोप अभियानको पाँच महिनाको अवधिमा ६६ प्रतिशत स्वास्थ्यकर्मीले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।






