
काबुल, अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोमबार बिहान सोही बम विस्फोटमा परि मृत्यु भएको छ ।
उक्त प्रान्तका सुरक्षा अधिकारीका अनुसार सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् ।
यसै क्रममा आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।एजेन्सी






