
नयाँदिल्ली, कोरोना महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको छिमेकी मुलुक भारतमा गत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको हो ।
भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ भने संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ ।
जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । एजेन्सी






